गोल्टाकुरी,
२८-पुस /  दाङका पत्रकार देविराम कुसारीले दंगिशरण २ नमुना रोड सरुवाडाडामा विद्युत तार विस्तार भएको छ ।

कुसारीले विद्युत शाखा कार्यालय तुलसीपुरसंग समन्वय गरि सो तार विस्तार गरेका हुन् । तार ढुवानी र विस्ताका लागि प्राविधिक खर्च आफुले व्यक्तिगत रुपमा व्यवस्था गरेको पत्रकार कुसारीले जानकारी दिए ।

उनले ठारीखोलेको घरदेखि करिव दुई सय मिटर तार विस्तार गरिएको हो । विद्युत शाखा कार्यालय तुलसीपुरका प्राविधिक महेश खड्का, गोपिलाल चौधरीलगायतको टोलीले सोमावार तार विस्तार गरी स्थानीयको घरमा नजिकै वाट तार जडान गरिदिएको छ ।

यसरी तार विस्तार भएपछि टाढा वाट सर्भिस तारमा लाग्ने खर्च, पटक पटक तार चुडिने लगाएत बिजुलि स्पार्किङ्को समस्या वाट स्थानियवासी मुक्त भएका छन् ।

प्रतिकृया

प्रतिकृया