घोराही,
२८-पुस /  घोराही उपमहानगरपालिकाले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरेको छ । खेल क्षेत्रबाट युवाहरुलाई अनुशासित, लगनशील र स्वस्थ बनाउने उदेश्यले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।

उपमहानगरले चालु आर्थिक बर्षमा झण्डै साढे ३४ लाख रुपैयाँ बजेट खेलकुदका लागि छुट्याएको छ । नगर स्तरीय र वडा स्तरिय खेलकुद प्रतियोगिताका लागि ३४ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख विनोद गौतमले जानकारी दिए ।

एक वडा एक खेल मैदानको नीति लिएको उपमहानगरले खेल क्षेत्रलाई बिषेश प्राथमिकता दिएको उनको भनाई छ । नगर स्तरीय मेयर कप फुटबल, उपमेयर कप छात्रा भलिबल र राष्ट्रपती रनिङ शिल्ड हुने छ ।

मेयर कपका लागि ५ लाख, उपमेयर कपका लागि ३ लाख र राष्ट्रपती रनिङ शिल्डका लागि एक लाख रुपैयाँ बजेट छुट्याईएको छ । वडाहरुले खेलकुदका लागि ५० हजार देखी ३ लाख रुपैयाँ सम्म बिनियोजन गरेका छन् । विभिन्न प्रतियोगिता, खेलकुद सामाग्री प्रदान, खेल मैदान तारबारका कार्यक्रमहरु रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया