आशिष केसी,तुलसीपुर
२९ पुस/ चलचित्र पत्रकार संघ दाङको चौथो अधिबेशन भएको छ ।त्यस अवसरमा बक्ताहरुले दाङ पर्यटकीय हिसाबले निकै सुन्दर भएकाले चलचित्र छायांकनका लागि उत्तम भएको बताएका छन् ।

संघका अध्यक्ष धु्रवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास वोर्डका पूर्वध्यक्ष डा.अमर गिरीले दाङ एसियाकै सबैभन्दा ठूलो उपत्यका हुनकासाथै विभिन्न धार्मिक तथा ऐतिहासिक स्थल भएकोले यस क्षेत्रलाई चलचित्र निर्माणको केन्द्रबिन्द बनाउन सकिने बताए ।

उनले चलचित्रबाट मनोरन्जन मात्र नभएर ज्ञान हासिल गर्न सकिने समेत बताए । कार्यक्रमका विशिष्ट अतिथि चलचित्र पत्रकार संघका केन्द्रिय उपाध्यक्ष दिनेश सिटौलाले चलचित्र सफल हुनलाई कथा मात्र नभई सबै पक्षको उत्तिकै भूमिका रहने बताए । फिल्म निर्देशकमा समेत मिसन र भिजन भएको हुनुपर्ने उनको भनाई थियो । उनले आफु दाङ पहिलो पटक आएको र यहाँको मनोरम दृश्य देख्दा यो क्षेत्र चलचित्र नगरी बन्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले अहिलेको अवस्थामा समाजको यथार्थ चित्रण बोकेको चलचित्र बन्न आवश्यक रहेको बताए ।

प्रतिकृया

प्रतिकृया