तुलसीपुर
५ माघ/ प्रदेश नं. ५ बाट चालु वर्षमा अख्तियारले ३५ जनालाई पक्राउ गरेको छ ।

प्रदेशभरिबाट २१ घटनामामा संलग्न ३५ जनालाई पक्राउ गरेको हो । हाल सबै मुद्दा छानबिनको प्रक्रियामा छन् । गत वर्ष २७ जना पक्राउ परेकामा ३३ विरुद्ध उजुरी दर्ता भएको थियो । गत वर्ष १ हजार ८ सय ३८ अनियमितताका मुद्दा परेका थिए । त्यसमध्ये १ हजार १ सय ५ फछ्र्यौट भए ।

अख्तियार बुटवल कार्यालय प्रमुख तारानाथ अधिकारीले नागरिकमा चेतना बढ्दै जाँदा उजुरी तथा गुनासा आउने र अख्तियारले क्रियाकलाप बढाउँदै गएको बताए ।

ADVERTISEMENT


 


 


प्रतिकृया

प्रतिकृया