काठमाडौं
५ माघ/ कम्युनिष्ट पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको छ । बालुवाटारमा दिउँसो ४ बजे देखि बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

बैठकले उपसभामुखबाट शिवमाया तुङ्गबाहाम्फेलाई राजिनामा दिन आग्रह गर्ने निर्णय पनि गरेको छ। सापकोटालाई सभामुख बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहालको जोड थियो ।

प्रतिकृया

प्रतिकृया