तुलसीपुर
१३ माघ / रोल्पामा रेडियो नेपालको गाडी दुर्घटना हुँदा सातजना घाईते भएका छन् ।


                                                                                 ADVERTISEMENT



रेडियो नेपालको रोल्पा स्थित टावर मर्मत गरेर दाङ फर्कने क्रममा सोमबार साँझ साढे ५ बजेतिर दुर्घटनामा परेको हो । बे्रक फेल भएर दुर्घटना हुँदा रेडियो नेपालका कार्यालय प्रमुख लक्ष्मण पाण्डे, परमेश्वर सुक्ला, ईन्जिनियर शोरभ कार्की, सुवास शाह, गिरिराज निरौला, मनोज गुप्ता र श्रीधर थापा घाईते भएका छन् ।

दाङ आउँदै गरेको रेडियो नेपालको बा १ झ ७११७ नम्बरको गाडि रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं. स्थित प्रदेशनगर ‘ख’ भन्ने स्थानमा दुर्घटना भएको रोल्पा प्रहरीले बताएको छ । गाडीमा सात जना सवार रहेका थिए ।

उनीहरुको प्राथमिक स्वास्थ्य चौकी सुलिचौरमा प्रारम्भीक उपचारकालागि थप उपचारकालागि घोराही ल्याउने तयारी थालिएको सुनल स्मृति गाउँपालिका वडा नं. ४ का अध्यक्ष गंजबहादुर क्षेत्रीले बताए ।

प्रतिकृया

प्रतिकृया