मेगमन बुढा,
२०-माघ /  ब्याक वार्ड सोसाइटी एजुकेसन बेस दाङको आयोजनामा वडा स्तरीय परियोजना अभिमुखिकरण कार्यक्रम सोमबार लमहीमा सम्पन्न भएको छ ।


                                                                                 ADVERTISEMENT



लमही नगरपालिकाका प्रमुख कुलबहादुर के।सिको अध्यक्षता तथा उपप्रमुख देबका बेलवासेको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीको विशेष अतिथिमा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख के।सिले अहिलेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका भौगोलिक बनोटको हिसाबले ठुलो भएपनि लमही नगरपालिकाका भित्रमा बालबालिकाहरु धेरै शोषित भएको बताएका छन् ।

नगरपालिकाको ग्रामिण भेग तथा दुरदराज बस्तीहरुमा अहिले पनि विकासको पुर्वाधारको कारण,विकास निर्माणको सवालमा पछाडी परेको त्यसैगरी शैक्षिक तथा आर्थिक शुन्य हरेक दृष्टिकोणले पछाडी परेकोल्व धेरै जस्तो बालबालिकाहरु हिंसा र शोषणमा पर्ने गरेको प्रमुख केसिले बताए हुन् ।

अभिमुखिकरण कार्यक्रमको समापन गर्दै प्रमु के।सिले बाल हिंसा बाल शोषण त्यसैगरी हिजोको दिनमा बढी मात्रामा देउखुरीको सन्धर्वमा मुक्त कम्लहरी मुक्त कमैयाको संख्या पनि धेरै रहेको अबस्थामा राज्यले सो समस्या हटाएको थियो भने अहिले पनि ३ तहको सरकारले चाहेमा यो समस्या हट्न समय नलाग्ने बताएका थिए ।

त्यस्तै अभिमुखिकरण कार्यक्रममा सहभागी लाई बालबालिकाको परिभाषा,बालबालिका सम्बन्धि ऐन २०७५,बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६,आइ।एल।ओ।को न्युनतम काम गर्ने उमेर सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि, १९७३ नं १३८, नेपाल कानुन स्बालबालिका सम्बन्धि ऐन २०७५,दफा ६०स्प्रदेश र स्थानीय तहको बाल अधिकार लगायतको बिषयमा जानकारी गराइएको थियो ।

तुलसीपुर उपमहानगर पालिका र लमही नगरपालिकामा यो कार्यक्रम सन २०२१ को अक्टोबर सम्म संचालन रहने सो कार्यक्रममा  शिक्षा शाखाका प्रमुख रबिन्द्र जि।सि र जनप्रतिनिधि, कर्मचारी, पत्रकार हरुको उपस्थितिमा सम्पन्न भएको अन्तरक्रिया  कार्यक्रमको बारेमा सहभागीलाई सो कार्यक्रमका अनुगमन प्रशासकीय अधिकृत लोकजन चौधरीले जानकारी गराएका थिए ।

प्रतिकृया

प्रतिकृया