तुलसीपुर,
२४ – माघ / भूमिगत जल सिंचाई जिल्ला महासंघ दाङको अध्यक्षमा लोकराज डाँगीलाई चयन गरिएको छ । शुक्रबार घोराहीमा भएको महासंघको ११ औं साधारणसभा तथा चौथो अधिबेशनले डाँगीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा रामबहादुर केसी, सचिबमा मेघबहादुर डाँगी, कोषाध्यक्षमा मनु शाहलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा रोवरबहादुर केसी, नरबहादुर केसी, नबराज शर्मा, जुम्मन मियाँ, धु्रबकुमार डाँगी, बसन्ती चौधरी र हिमा डाँगीलाई चयन गरिएको छ । भूमिगत महासंघ दाङका अध्यक्ष लोकराज डाँगीको अध्यक्षता तथा प्रदेश नं. ५ का प्रदेशसभा सदस्य तथा लेखा समिति संयोजक डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का अध्यक्ष डम्बरबहादुर न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला सचिबालय सदस्य तथा जिल्ला सिंचाई जलस्रोत विभाग प्रमुख  खड्कबहादुर सुनार, नेपाली कांग्रेसका जिल्ला उपसभापति कमानसिंह भारती, जिओलोजिष्ट प्रकाश ज्ञवाली, कृषक रमेश केसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । महासंघका सदस्य नरबहादुर केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण उपभोक्ता समितिका सदस्य पूर्णबिक्रम डाँगीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया