तुलसीपुर
१ फागुन / तुलसीपुर उपमहानगरपालिका–५ मा अवस्थित रहेको द पार्क क्याफेले भ्यालेन्टाइन डे एंव् प्रणय दिवसका दिन जोडीलाई सम्मान गर्न लागेको छ । क्याफेमा पाल्ने जोडी ग्राहकलाई गित संगितका माध्यमबाट मनोरञ्जन दिई गुलाफको फुल उपहार दिएर सम्मान गर्ने कार्यक्रम रहेको क्याफेका सञ्चालक राजेन्द्र महताराले जानकारी दिएका छन ।


                                                                                 ADVERTISEMENT



उनका अनुसार फागुन २ गते दिउसो ३ बजे देखि राती ९ बजे सम्म उक्त कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा क्याफेमा आउने हरेक जोडीलाई १० प्रतिशत सम्मको छुट प्रदान गरिने उनले बताए ।

साथै सो अवसरमा तुलसीपुरमा रहेको द सल्यास ब्याण्ड लगायतका कलाकारहरुको दमदार प्रस्तुती समेत रहने छ । यसैबिच, प्रणय दिवसको अवसरमा फूलको कारोबार बढ्ने अनुमान गरिए पनि यो वर्ष कारोबार सन्तोष जनक नरहेको व्यवसायीले बताएका छन् ।

अघिल्लो वर्षको जस्तो बजारमा चहलपहल नरहेको फ्लोरिकल्चर एसोसियशन अफ् नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजुले बताए । गएको वर्ष डेढ करोड रुपैयाँ बराबरको एक लाख ६० हजार गुलाब बिक्री भएको थियो । यो वर्ष भने झण्डै डेढ लाख फूलको कारोबार हुने देखिएको अध्यक्ष कसजुको भनाइ छ ।

उनका अनुसार यस वर्ष विदेशबाट आयातित फूलको दर पनि घटेको छ । पछिल्लो वर्ष नेपालमा एक लाख फूल आयात भए पनि यस वर्ष त्यो भन्दा कम आयात भएको कसजुले बताए ।  बजारमा फूलको माग कम रहेकाले यस वर्ष पछिल्लो वर्षको तुलनामा कम परिणाममा फूल आयात गर्न लागिएको हो ।

प्रतिकृया

प्रतिकृया