तिर्थराज ज्ञवाली,देउखुरी  
१ फागुन/ राप्ती गाउँपालिका वडा नं २ को कार्यालय सञ्चालनका लागि निर्माण सुरु गरिएको वडा कार्यालय भवनको विहिवार शिलान्यास गरिएको छ । धार्मिक मन्त्र उच्चारणका साथ सुशासन कायम गर्न र नागरिकको सेवाको लागि भवन समयमै सम्पन्न भै सेवा प्रवाहमा सहजहोस् भन्ने कामना गर्दै शिलन्यास गरिएको हो ।

९ कोठे भुकम्प रहित भवन निर्माणको जगहल्नु पुर्व राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी तथा वडा नं २ का वडा अध्यक्ष जगत बहादुर थापाले संयुक्त रुपमा शिलन्यास गरेका हुन् ।

करिव ९० लाख लागतमा टेन्डर प्रक्रियामा आर जि निर्माण सेवा प्युठानले निर्माणको जिम्मा पाएको वडा भवन आगामी पुस् मसान्त सम्म सम्पन्न गरि सक्ने निर्माण कम्पनीका प्रतिनिधि कमल घर्ति मगरले बताए ।

प्रतिकृया

प्रतिकृया

ADVERTISEMENT