शिबराज पन्थी,गढवा
१ फागुन/ साउदी अरेबियामा रहेको नेपाली दुतावास रियादले नेपाल सरकारका महानगर, उपमहानगर, नगर तथा गाउँपालिकाहरुलाई यहि माघ २१ मा एक पत्र पठाई रोजगारीको शिलशिलामा साउदी अरबमा आउने नेपाली कामदारहरुका बारेमा सचेतना प्रबाह गर्न आव्हान गरेको छ ।

साउदी अरबमा रहेको नेपाली दुतावासका राजदुुत प्रा.डा.महेन्द्र प्रसाद सिंह राजपुुतको हस्ताक्षर रहेको सो पत्रमा साउदी अरबलाई रोजगारको गन्तव्यमा रहेका नेपाली कामदारहरुलाई त्यहाँको भुगोल, हावापानी, कफला पद्धतीको बारेमा जानकारी गराउने तथा सिप दक्षता सिकेर ठगीबाट बच्ने गरी साउदी अरबमा आउन आव्हान गरिएको छ ।

साउदीको विशाल भुगोल, अत्यधिक तातो हावापानी, रोजगारीमा रहेको काफला (प्रायोजक/ मालिक पद्धती र यसका जटिलताहरुका बारेमा पत्रमा बिस्तृत जानकारी गराइएको छ । रोजगारीमा जाने कामदारहरु माथि बिचौलियाबाट हुने ठगी, गैरकानुनी बाटो, त्यहाँको भुगोलको परिचय, महिला कामदारलाई विशेष सावधानी अपनाउन भन्दै घरेलु कामदारमा महिलाहरुलाई बन्देज लगाइएको एवं पुरुष कामदारहरुले भाषा तथा सिप विकास गरेर मात्र जानु पर्ने सन्देश उक्त पत्रमा समावेश गरिएको पाइएको छ ।

ADVERTISEMENT


 


 


कामदारले पासपोर्ट, भिसा, करार पत्र, श्रम स्वीकृती र रकम बुझाएको भर्पाइ, रोजगारदाताले दिने सेवा सुविधा, खाना तथा आवास बारे स्पष्ट रुपमा बुझेर सुरक्षित गरेर मात्र रोजगारीमा आउन दुतावासले सबैमा आग्रह गरेको छ 

झण्डै ५ पेज लामो पत्रमा स्वदेशको उडानबाट मात्र साउदी अरेयिबा आउन, भारत लगायतका अन्य मुलुकबाट उडान नगर्न र सकभर स्वदेशमै अवसर र रोजगारीको खोजि गर्न राज दुतावासको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिकृया

प्रतिकृया