मेगमन बुढा,
१-फागुन / लमही  दाङ देउखुरीको लमही स्थित रातो डाँडामा जारी रहेको लमही महोत्सवको सातौ दिन बिहीबार नेपाली सिनेमा जगतको एकक्षत्र महानायकको राज हालसम्म गरिरहेका महानायक राजेश हमाल एक्कासि स्टेजमा देखिएपछि महोत्सवमा हमलाको प्रतीक्षामा बसेका हजारौं दर्शक खुसीले एकाएक चिच्याएर होडिङ्ग गरेका थिए ।

केही वर्ष अघिसम्म फिल्मको पर्दामा देखिने हमाल पछिल्लो समय मेला महोत्सवको मंचमा समेत गएर प्रत्येक्ष दर्शक संग भेटघाटलाई जोड्ने गरेको बताएका छन् । घुम्न जाउ देउखुरी भन्ने मुल नाराको साथ लमही चेम्बर अफ कमर्शको आयोजनामा माघ २४ गतेदेखि नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबर्द्धन व्यापारीक एवम् पर्यटन कृषि व्यापारीक लमही महोत्सव २०७६ को बिहीबार साताै दिनमा महानायक हमाल सहभागी भएका हुन् ।

लमहीमा राजेश हमाल आउने सन्देश पाएपछि घरको काम काज समेत छोडेर दर्शकहरु महोत्सव कार्यक्रममा सहभागी भएका थिए । बिहान देखिनै राजेश हमालको एक झलक पाउन दर्शकहरुको प्रतिक्षाको घडी करिब साढे ४ बजे एक्कासि स्टेजमा उक्लेर दर्शकको चाहना मेटिएको हो । कार्यक्रममा सहभागी दर्शकहरुमध्ये अधिकांशको भनाई नै राजेश हमाललाई हेर्नका लागी आएको भन्ने सुनिन्थ्यो ।

बिहीबार महोत्सवमा हजाराै दर्शकहरु सहभागी भएको अनुमान गरिएको आयोजकको भनाइ गरेको छ भने कार्यक्रममा राजेशले डान्सर नारायणी पोख्रेल सँग बाँझो खेतमा छट्के सलाम छ । मायालाई पहिलो भेटमा भन्ने नृत्यबाट दर्शकलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । त्यसैगरी हमालले ‘साथीहरुका लागि यो हात सलाम छ । दुश्मनका लागि यो हात फलाम हो, शंकर हो,मेरो नाम शंकर,लगायतका डाइलोग संवाद बोलेर दर्शकहरुलाई आफू तिर केन्द्रित गराएका थिए ।

कार्यक्रममा थारु गायक तथा नायक राज कुश्मीले फुलकुमारी लगायत थुप्रै थारु गित गाएर दर्शकहरूलाई नचाएका थिए । थारु गितमा पहाडी समुदायका युवायुवतीहरु पनि हुटिङ गर्दै नाचेका थिए भने सो अवसरमा महोत्सवलाई गायक चन्द्र शर्मा,गायिका दिक्षा सुनार,कमल नारायणी ग्रुप,सगरमाथा डान्स ग्रुपको नृत्य सँगै दृष्टिविहिन कलाकार विरेन्द्र गिरी लगायत स्थानीय कलाकारहरुले मंच तताएका थिए । त्यसैगरी फागुन २ गते अर्थात भोलि चर्तित गायिका ज्योती मगर, ढाकाराम पौडेल, गायक तथा मोडल बिजय पुन, अनुप बुढा लगायतका कलाकार अाउने महोत्सव कार्यक्रम का संयोजक विनोद बुढाथोकीले जानकारी दिएका छन् ।

महोत्सवको स्थल भित्र विभिन्न बाल उठाउनका सामग्री,मसरुमको परिकार,लोकल भालेको परिकार,थारु खानाका परिकार,लगायत अन्य मनमोहक दृश्यहरुको अबलोकन गर्न सो महोत्सवमा पाईने लमही चेम्बर अफ कमर्शका अध्यक्ष तथा महोत्सव संचालन समितिका संयोजक अजय न्यौपानेले बताएका छन् । त्यस्तै फाल्गुन ५ गते सम्म संचालन रहने महोत्सवलाई सुरक्षित बनाउनको लागि सिसि क्यामेरा जडान गरिएको छ भने फ्री वाईफाईको ब्यवस्था समेत गरिएको लमही चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका वरिष्ठ उपाध्यक्ष रहेका किरण विक्रम शाहले बताए ।

प्रतिकृया

प्रतिकृया