काठमान्डौ ,
२ – फागुन / राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ। नेपाली कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रियसभा सदस्य उपाध्यायको शुक्रवार बिहान निधन भएको हो ।

उनी क्यान्सरको बिरामी रहेको र शुक्रवार बिहान भैरहवामा निधन भएको बताईएको छ । २०३१ सालमा रुपन्देहीमा जन्मिएका उपाध्याय २०४२ सालदेखि राजनीतिमा सक्रिय रहदैँ आएका थिए ।

हाल प्रत्योजित तथा आश्वासन समितिको सदस्यसमेत रहेका थिए । २०५४ सालमा मा गाविस उपाध्यक्षका जिम्मेवारी सम्हालेका उपाध्याय सोही क्षेत्रवाट ३–३ पटक क्षेत्रीय सभापतिसमेत भएका थिए ।

ADVERTISEMENT


 


 


प्रतिकृया

प्रतिकृया