तुलसीपुर
२ फागुन/ भ्यालेन्टाईन डे को अवसरमा ह्वी फाईफ फेसेस्ले शुक्रवार तुलसीपुरमा ‘भ्यालेन्टाई डे कपल’ बिषेश कार्यक्रम गर्दै छ । भ्यालेन्टाई डे लाई मध्यनजर गर्दै शुक्रबार कार्यक्रम गर्न लागेको ह्वी फाईफ फेसेस्का सदस्य सुजन वलीले जानकारी दिए ।

कार्यक्रममा सहभागी हुने जोडीलाई खानामा सय प्रतिशत छुट एक जोडीलाई, पचास प्रतिशत छुट दुई जोडीलाई , तिस प्रतिशत छुट सात जोडीलाई र दश प्रतिशत छुट दश जोडीलाई दिईएको अर्का सदस्य ललित पोख्रेलले जानकारी दिए ।

साथै सय प्रतिशत छुट पाएको जोडीलाई दाङको प्रर्यटकीय स्थानमा निशुल्क फोटो सेसनको व्यवस्था रहेको पोख्रेलले बताए । कार्यक्रम शुक्रवार दिउसो दुई बजे देखि होटेल क्राउन रेष्टुरेन्ट लज , को को भ्यु रेष्टुरेन्ट,सहुलिएत जुसबार र क्याफे क्यालेन्डर एण्ड बर्गर हाउसमा एकै साथ कार्यक्रम सुरु हुदैछ । कार्यक्रममा सहभागीहुनेलाई निः शुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।

प्रतिकृया

प्रतिकृया