तुलसीपुर
२ फागुन/ तुलसीपुर उपमहानगरपालिका–११ मा वडाका सरोकारवालाहरुले वडा भित्र बाल अधिकार कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना, तुलसीपुर–११ नम्बर वडा कार्यालयको समन्वय तथा युनिसेफको सहयोगमा आयोजित बाल बिवाह तथा बाल श्रम विरुद्ध अन्र्तक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधी, बालबालिका, शिक्षक प्रतिनिधी, सुरक्षाकर्मी, समाजसेवी तथा अन्य सरोकारवालाहरुले समुन्नत समाज र बालबालिकाहरुको उज्यालो भविष्यका लागि बाल अधिकार संरक्षण सम्बन्धी कार्य योजना निर्माण गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले सहजीकरण गर्नु भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बालबालिकासंग सरोकार राख्ने सबै संस्थाहरुमा बालबालिकाहरुको प्रतिनिधित्व बनाइनु पर्नेमा जोड दिएका थिए । साथै बालश्रम नियन्त्रण गर्न सकिने अवस्थामा रहेपनि बालबिवाह नियन्त्रण गर्न चुनौती रहेकाले बाल अधिकार अभियान तर्फ बढी केन्द्रित हुनु पर्ने सहभागीहरुले धारणा राखेका थिए ।

कार्यक्रममा तुलसीपुर–११ वडाका अध्यक्ष चित्र बहादुर वलि, वडा सदस्यहरु घनश्याम गौतम, सुबास डाँगी, निर्मा चौधरी, तुलसीपुर–११ की वडा सचिव अधिकृत लक्ष्मी राणा, वडाकी कर्मचारी लक्ष्मी चौधरी, तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाकी सहायक महिला निरिक्षक ललिता कडेल, स्वास्थ्य चौकीका प्रमुख चित्र बहादुर वलि, प्रहरी चौकी जसपुरका प्रमुख  नेत्र बहादुर नेपाली, शिद्धेश्वरी महिला सहकारीकी प्रबन्धक सावित्रा चापाइ वलि, चन्द्रोदय विद्या कुञ्जका प्र.अ द्रोण बहादुर बस्नेत, अमर माविकी शिक्षिका गोमा बालान क्षेत्री, आ.वि कटाहाका प्र.अ टंक बहादुर भण्डारी, न्यु शान्ति बोर्डिङ स्कुलका शिक्षक अर्जुन आचार्य, शान्ति आवि नवलपुरका शिक्षक विष्णु प्रसाद वली, दङ्गिशरण बोर्डिङ स्कुलका प्र.अ बम बहादुर डाँगी, शुक्रेश्वरी प्रा.वि का प्र.अ शोभाराम भण्डारी, स्थानीय समाजसेवीहरु तिलक बहादुर बस्नेत, गोबर्धन शर्मा, वडा स्तरीय युवा सञ्जालका अध्यक्ष दिपक खड्का, बाल सञ्जालका सचिव पुष्कर देवकोटा लगायतले धारणा राखेका थिए ।

यसैबिच तुलसीपुर–११ वडा कार्यालयले बाल बिबाह बारे पछिल्लो अवस्था थाहा पाई नियन्त्रणको अभियान अघि बढाउनका लागि तत्काल वास्तविक तथ्यांङ्क संकलन गर्ने योजना रहेको वडा अध्यक्ष चित्र बहादुर वलीले जानकारी दिए ।

ADVERTISEMENT


 


 


प्रतिकृया

प्रतिकृया