घोराही
११ फागुन/ घोराही ७ मा रहेको माबि सौडियारको बिद्यालय व्यबस्थापन समितिको चार सदस्य पदमा नेकपा निकट उम्मेदवार बिजयी भएका छन् । नेपाली काँग्रेसको समर्थनमा उम्मेदवार बनेका सदस्यलाई पराजित गर्दै नेकपाका उम्मेदवारहरु बिजयी भएका हुन् ।

बिद्यालय ब्यबस्थापन समितिको चार सदस्य पदका लागि आज भएको निर्बाचनबाट आशाराम चौधरीले २०१, यमकला पुन मगरले १९८, भरत चौधरीले १९७ र उर्मिला चौधरीले १९३ मत प्राप्त गरी बिजयी भएका हुन । यस्तै बाबुराम कोरीले ८०, टेकबहादुर रोकाले ७९, आशा चौधरीले ७७ र शान्ति चौधरीले ७७ मत प्राप्त गरी पराजित भएका हुन ।

बिद्यालयमा आज भएको मतदानमा ३९३ मतदाता रहेकोमा ३२३ मत खसेको थियो । बिद्यालय तहमा पनि राजनीतिक दलहरु ब्यबस्थापन समितिको नेतृत्व चयनका लागि निर्बाचन जान थालेका छन् ।

प्रतिकृया

प्रतिकृया