सल्यान
१४ फागुन/ सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मोख्लाबाट श्रीनगरतर्फ आउदै गरेको रा ३ प ८८८८ नम्बरको मोटरसाइकल बुधबार पटारे बजारमा दुर्घटना हुँदा सिद्दकुमाख गाउँपालिका १ निवासी २९ वर्षीय रमेश बुढाथोकीको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाईकल सडकभन्दा ६ सय मिटर तल खसेको छ । दुर्घटना हुनुको कारण भने पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख उमाकान्त जोशीले जानकारी दिए । यस बिषयमा थप अनुसन्धान भईरहेको प्ररहीले बताएको छ । सोही स्थानमा पुल निर्माण पनि भईरहेको छ ।

प्रतिकृया

प्रतिकृया