काठमाण्डौ
२२–फागुन / भारतीय महिला क्रिकेट टिम सेमिफाइनलमा एक बल पनि नखेल्दै आईसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ ।  भारतीय महिला क्रिकेट टिम पहिलो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो । बिहीबार टी–२० विश्वकपको सेमिफाइनलमा भारतले इग्ल्याण्डसँग खेल्नु पर्ने थियो तर भारी वर्षाका कारण खेल हुन पाएन ।

सेमिफाइनलको लागि कुनै रिजर्भ डे राखिएको थिएन, जसका कारण भारतीय टिम सिधै फाइनल पुगेको हो । भारतीय महिला टिम ८ अङ्कको साथ आफ्नो समूहको शीर्ष स्थानमा थियो, इग्ल्याण्डको महिला टिम भने ६ अङ्कको साथ दोस्रो नम्बरमा थियो ।समूह ए मा रहेको भारतीय टिम सबै खेल जित्दै शीर्ष स्थानमा पुगेको थियो ।

महिला टी–२० विश्वकपको फाइनल खेल आइतबार हुने तय भएको छ, आयोजकहरुले यस वर्षको फाइनलमा कीर्तिमानी संख्यामा दर्शक उपस्थित हुने बताएका छन् । फाइनलमा भारतीय महिला टिमले दक्षिण अफ्रिका र अस्ट्रेलिया महिला टिमबीचको विजेतासँग खेल्नेछ ।

प्रतिकृया

प्रतिकृया