स्मार्ट सिटी बनाउने अभियानमा तुलसीपुर उपमहानगरपालिका रहेको छ । सोही अनुसार नीति निर्माण तथा बजेटको विनियोजन गर्ने गरेको छ । तुलसीपुरलाई हरेक दृष्टिले ‘स्मार्ट’ बनाउनका लागि उपमहानगरपालिका लागिरहेको छ । त्यसका लागि बजार व्यवस्थापन र सरफाईलाई पनि विशेष ध्यान दिने गरेको छ । बजार व्यवस्थापन र सफाई पनि स्मार्ट सिटीको महत्वपूर्ण सूचक भएको भन्दै उपमहानगरपालिकाले बजार ब्यवस्थापनलाई ध्यान दिएको छ । सोही अनुसार तुलसीपुर बजारका फुटपाथ हटाउने अभियान सञ्चालन ग¥यो । सडकबीचमा ठेला व्यवास गर्न पनि रोक्यो । सडक मिचेर बनाएका संरचना पनि भत्कायो । जसले गर्दा बजार थप सुन्दर भएको थियो । यो उपमहानगरपालिकाको एउटा सकारात्मक कदम पनि थियो ।

तर बजार व्यवस्थापन अभियान प्रभावकारी हुन सकेको छैन् । उपमहानगरपालिकाले बसपार्क क्षेत्रमा ठेला व्यवस्थापन ग¥यो । केही समय ठेला व्यवसायीले बसपार्कमै ठेला व्यवसाय गरे । तर लामो समयसम्म बसपार्कमा बस्न सकेनन् । किनकी त्यहाँ ठेला व्यवसायका लागि उत्तम स्थान भएन् । केही समयपछि ठेला व्यवसायीहरु पुनः सडकमै जान थाले । दुर्घटनाको जोखिम बढ्यो । बजार अब्यवस्थित बन्दै जान थाल्यो । त्यसपछि पुनः उपमहानगरपालिका तातियो । केही ठेलालाई नियन्त्रणमा लिन्छ । त्यसको केही दिनसम्म ठेला व्यवसायीहरु चुपचाप बस्ने र पुनः लुकीचोरी सडकमै ब्यवसाय गर्ने प्रवृति कायम छ । अहिले ठेला तथा फुटपाथ व्यवसायीहरु लुकिचोरी सडकमै व्यवसाय गर्नुपर्ने अवस्था छ । यसले उपमहानगरपालिकाको स्मार्ट सिटीको नारालाई गिज्जाईरहेको हुन्छ ।

यो तुलसीपुरको मात्रै होईन्, हरेक सहरमा यस्तो समस्या देखिने गरेको छ । खास गरि फुटपाथ तथा ठेला व्यवसायीहरुका लागि छुट्टै क्षेत्र बनाएका सहरमा भने त्यस्तो समस्या छैन् । अहिले जिल्लाका सहरी क्षेत्रमा देखिएको समस्या पनि यही हो । फुटपाथ तथा ठेलाहरुका लागि छुट्टै स्थान तोकिएको छैन् । स्थायी रुपमा उचित व्यवस्थापन नहुँदा सडक मिचेरै व्यवसाय गर्ने प्रवृति बढिरहेको छ । यसले समग्र सडकको सुरक्षा र बजारको सुन्दरतामा प्रश्न चिन्ह उठाउने गरेको छ । स्थानीय तहले जति जरिवाना गरे पनि, जति कारवाही गरेपनि स्थायी रुपमा स्थान छनोट गरेर व्यबस्थापन नगर्दासम्म समस्या ज्यूका त्यू रहनेछ । यस तर्फ पनि स्थानीय सरकारले ध्यान दिनुपर्छ ।

प्रतिकृया

प्रतिकृया