सल्यान
२–चैत / शनिबार साझ परेको असिना पानीले सल्यानमा लाखौँ मूल्य बराबरको तरकारी बालीमा क्षति र्पुयाएको छ । कपुरकोट गाउँपालिकाका सम्पूर्ण वडामा असिनापानीले लाखौँ रुपैयाँ बराबरको तरकारी तथा फलफूलमा क्षति र्पुयाएको हो ।

कपुरकोट बेमौसमी तरकारीको लागि परिचित छ । आम्दानीको मुख्य स्रोतका रूपमा रहेका तरकारी असिना पानीले पूर्ण रूपमा नष्ट गरेको किसान ओजबहादुर खड्काले बताएका छन् । तिन रोपनी जमिनमा लगाएको लसुन नष्ट भएको उनले बताए ।

यस्तै, कपुरकोट ३ पाखापानीका किसान भीमबहादुर बुढाले आफ्नो १ लाख ५० हजार बढीको तरकारीमा क्षति पुगेको बताए । उनले ६ रोपनीमा लगाएको काउली, टमाटर, केराउ सबैमा क्षति पु¥याएको बताए ।

तरकारी खेतीमै निर्भर रहेका कपुरकोट क्षेत्रका किसानलाई असिना पानीले ठुलो क्षति पु¥याएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोल्न थालेको कपुरकोट ५ का किसान टोपेन्द्र केसीले बताए । गतवर्ष पनि क्षति व्यहोरेका किसानले स्थानीय सरकार तथा राज्यबाट कुनै पनि राहत पाउन नसकेको किसानले गुनासो गरेका छन् ।

प्रतिकृया

प्रतिकृया