सल्यान
३–चैत / नदीमा डुबेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको कालीमाटी गाउँपालिका–२ भुतेताल निवासी ४२ वर्षीय विष्णु नेपालीको शारदा नदीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार राती नदीको पाल्लोपट्टीको गाउँबाट फर्किदै गर्दा नदीमा डुबेर ज्यान गएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख लक्ष्मण वलीले जानकारी दिए ।

शनिबार बिहान नदी छेउ ढुंगामा घोप्टो परेको अवस्थामा स्थानीयले मृतकलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया

प्रतिकृया