बुटवल
१० चैत / प्रदेशसभा सदस्यमा कांग्रेसतर्फबाट नियुक्त दाङका शंकर गिरीले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश ५ प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले एक समारोहबीच गिरीलाई शपथ ग्रहण गराएका हुन् ।

यसअघि कांग्रेसका सांसद तथा दलका नेता बलदेव शर्मा पोखरेलको मृत्यु भएका कारण पछि उक्त पद रिक्त थियो । कांग्रेसको सिफारिसमा निर्वाचन आयोगले दिएको प्रमाण पत्रका आधारमा गिरीलाई औपचारिक रुपमा पद तथा गोपनियताको शपथ खुवाइएको हो ।

दाङबाट प्रतिनिधित्व गर्ने गरी कांग्रेसले पेस गरेको समानुपातिक सूची अन्तर्गत खस आर्यको २ नम्बरमा थिए । शपथ लिएसँगै सञ्‍चारकर्मीसंग कुरा गर्दै गिरीले पार्टीले ढिलै भए पनि न्याय गरेको महसुस भएको प्रतिक्रिया दिए ।

०२६ सालदेखि पार्टी राजनीतिमा सक्रिय गिरी कांग्रेस दाङ जिल्लाको विभिन्न पदमा रहेर काम गरेका थिए । हाल पार्टीको महासमिति सदस्य रहेका गिरी जिल्लामा पार्टीको बौद्धिक नेताका रुपमा परिचित छन् ।

प्रतिकृया

प्रतिकृया