देउखुरी
१० चैत/ दाङको राप्ती गाउँपालिकाले बजारका बिभिन्न स्थानमा हात धुने व्यबस्था गरेको छ । साथै सिसहनीया बजार चैत २१ गते सम्म पुर्ण रुपले बजार बन्द गर्ने र चोक चोकमा साबुन पानीले सर्वसाधारणकोलागि हात धुने व्यबस्था मिलाईएको महासचिव ईश्वरी अधिकारीले जानकारी दिए ।

सिसहनिया क्षेत्र बजार र ग्रामिण क्षेत्र रहेकोमा यस क्षेत्रका नागरिकहरुलाई केही समय बजार बन्दको कारणले दैनिक उपभोग्य समानको अभाब नहुने र कोरोना भाईरसको जोखिमबाट बच्न र संक्रमणको सम्भावना कम गर्न बजार बन्द गर्ने सर्वसम्मत रुपमा सर्वपक्षिय निर्णय गरिएको सिसहनियाँ उद्योग वाणिज्य संघका सचिव मदन पोख्रेलले जानकारी दिए ।

कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै सिसहनियाँ उद्योग वाणिज्य संघ मातहतका सबै बजार क्षेत्र चैत्र १० गते देखि २१ गते सम्मका लागि बन्द हुने भएका हुन ।

त्यस्तै राप्ती गाउँपालिका वडा नं. ५ को कार्यालयको आयोजनामा आइतबार वडा कार्यालयमा बसेको सर्वपक्षीय बैठकले राप्ती गाउँपालिकाको वडा नम्बर ५ को प्रगतिनगर सिसहनियाँ बजार, पहरुवा, लट्ठहवा, वडा नम्बर ६ को पत्थरगढवा चौबाटो बजार, वडा नम्बर ७ को चौवाटो बजार र वडा नम्बर ८ को पिपरी, बिजौरी बजार तथा गाउँगाउँमा समेत ब्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिकृया

प्रतिकृया