प्रिया स्मृती गजमेर, देउखुरी
११-चैत्र  / अहिले बेलुका ६ बजे देखि साना सवारीसाधनलाई लमही प्रहरीले पुर्णरुपमा नियन्त्रणमा लिएको छ । स्थानीय स्तरका मोटरसाइकलहरुले अटेर गरेपछी उनिहरुलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए।

यस्तै जिल्लाको अबस्था बुझ्नका लागि दाङ्गका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रमुख एसपी जनक भट्टराई, नेपाल आर्मीका प्रमुख, राष्ट्रिय अनुसन्धानका दाङ प्रमुख टेकराज तिमल्सिना, सशस्त्र प्रहरीका एसपी नारायण श्रेष्ठलगायतले आज दाङ देउखुरीका अमिलिया, रिहार, लमही, गढवा, कालाकाटे, भालुवाङ, सिसहनिया लगायतका क्षेत्र अनुगमन गरेका छन् ।  

अनुगमनका क्रममा लमहीमा कहिँ कतै होटल खोलिएको पाईएको छ, अन्य क्षेत्रमा सबै बन्द भएको पाईयो प्रमुख जिल्ला अधिकारी रिजालले भने । अचानक सरकारले गरेको लग डाउनको निर्णय कतिपयलाई जानकारी नहुँदा पनि बाटोमै अलपत्र परेको भन्दै भोलिबाट यो स्ंख्यामा कमि आउने रिजालले बताए । यता देउखुरीका सबै जसो स्थानमा पसलहरु बन्द भएपनि साना सवारी साधन भने निर्बाध गुडिरहेका छन् ।

सुरक्षाकर्मीलाईनै चुनौती दिनेगरि गुडाई रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए । देशको अवस्थालाई बुझेर सरकारले लगडाउन गरेपछि धेरै जसो घर जान थालेकाहरु बाटोमै रोकिनु परेको छ । नेपालमा पनि एक जनालाई कोरोना भाइरस भएको पुष्टि भएपछी यो रोगलाई नियन्त्रण गर्न नेपाल सरकारले आज मंगलवार देखि देशैभर लग डाउनको घोषणा गरेको छ ।


उक्त लग डाउनको धेरै जसो जिल्लामा अबज्ञा भएको छ । अबज्ञा गरेको भन्दै दाङ्गको लमहीमा तिन जनालाई प्रहरीले केहि घण्टा नियन्त्रणमा लिएर समेत छोडेको छ भने दर्जनौ मालबाहक ट्रक, टिप्पर र मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

प्रतिकृया

प्रतिकृया