प्रिया स्मृती गजमेर, देउखुरी
१२-चैत्र /  यतिबेला देशमा संकट छाएको छ, यहि मौका छोपेर दाङको गढ्वामा एक ब्यक्तिले सार्बजनिक जग्गा अतिक्रमण गरेर घर निर्माण गरेका छन ।

गढवा गाउँपालिका वडा नम्बर ६ स्थित सर्बोदय सामुदायिक वन उपभोक्ता समितिको जग्गामा सोही ठाउँ निवासी पप्पु कौशलले फुसले छाएको घर टहरा बनाएका छन । गढवा बहुमुखी क्याम्पसको दक्षिण तर्फ रहेको खाली जग्गामा कौशलले अतिक्रमण गर्दै घर टहरा बनाएका हुन ।

देउखुरी डिभिजन वन कार्यालय लमहीका डिभिजनल प्रमुख प्रबीण बिडारीले उक्त ठाउँमा घर टहरा बनाएको सुचना पाए लगत्तै सब डिभिजन वन कार्यालय गढवाको टोलिलाई सत्य तथ्य बुझ्न निर्देशन दिएको बताए । सार्बजनिक जग्गामा कसैले पनि अतिक्रमण गर्न नपाउने बताउदै प्रमुख बिडारीले यदि कौशलले त्यसो गरेको पाईए वन एन अन्तर्गत कारबाही गर्ने बताए ।

प्रतिकृया

प्रतिकृया