तुलसीपुर,
१८-चैत /  दाङको तुलसीपुर स्थित कोको भ्यू रेष्टुरेन्टले ड्यूटीमा खटिएका सुरक्षाकर्मीहरुलाई खाजा सहयोग गरेको छ ।

सरकारले कोरोना भाइरस(कोभिड-१९) लाई मध्येनजर गरि लकडाउन लगाएको र यस्तो बेला सुरक्षाकर्मीहरु ज्यूज्यान दिएर खटिएको भन्दै उनीहरुलाई दिउसो खाजा सहयोग गरिएको हो । सुरक्षाकर्मीलाई मम, पानीलगायत सहयोग गरिएको हो ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुर, ईलाका प्रहरी कार्यालय तुलसीपुर तथा शसस्त्र प्रहरीको टोलीलाई खाजा सहयोग गरिएको हो ।

प्रतिकृया

प्रतिकृया