शरद रेग्मी,तुलसीपुर
२८ चैत/
दाङमा लकडाउनको उलंघन गर्दै सर्बसाधारणहरु सडकमा आएका छन ।  स्थानीय प्रशासन र उद्योग बाणिज्य सघहरुले हप्तामा तिन दिन बिहानको समयमा अति आबश्यक खाद्यान्न पसलहरु खोल्ने निर्णय भएसगै सर्बसाधारणहरु घर बाहिर निस्किएका हुन ।

पसलहरुमा उपभोक्ताहरु हरुको भिड लागेपछि सामाजिक दुरिको समेत पालना नभएपछि नागरिकहरु थप त्रसित बनेका छन । उनिहरुले अति आवस्यक उपभोग्य बस्तुहरुको पसल प्रतेक दिन खोल्न सुझाब दिएका छन ।  प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले सबै नागरिकहरुलाई घर भित्रै बसेर लकडाउनको पुर्णरुपमा पालना गर्न अनुरोध गरेका छ्न ।

उनले सर्बसाधारणको स्वास्थ्य सुरक्षालाई गम्भीरतापुर्बक लिनुपर्ने भन्दै ब्यबसायिहरुलाई सामाजिक दुरि कायम गर्दै अति आबश्यक बस्तु खरिदबिक्रि गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन ।

यस्तै विहानैदेखि फिल्डमा खटिएका ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता चक्र डम्मरपालले विहानको समयमा भिडभाड देखिएको हुदा आफुहरु नागरिकलाई घर भित्र बस्न बारम्बार अनुरोध गरेको बताए ।

प्रहरी निरिक्षक डम्मर पालले गाउँगाउँ सम्म खाद्यान्न पुर्याउने ब्यबस्था मिलाउन उपमहानगरपालिका र उद्योग बाणिज्य सघको सिफारिसमा आजैदेखि पहल थालिएको जानकारी दिएका छन।

प्रतिकृया

प्रतिकृया