संस्मरण


                                                                                 ADVERTISEMENT



प्रविन महतारा
जीवन जिउने क्रममा धेरै किसिमका तीता–मिठा पल भेटिन्छन् । यही तीता अनि मिठा अनुभव र अनुभूतिलाई संगालेर बाँच्नु नै जीवन हो । यो यथार्थ छ,यो वास्तविक छ । आखिर मान्छेले नचाहेर पनि जिउनु पर्छ , जीवन यो रहर नभएर वाध्यता हो, विवशता हो । यही जीवनमा कुनै पल मिठा अनि नमिठा बनी बस्दो रहेछ । मेरो संस्मरण मेरो कथा यसरी सुरु हुन्छ ।

रातको ११ बजिसकेको थियो । मंसिरको महिना जाडोको समय सुरु भइसकेको थियो । पूर्णिमाको रात हुनाले जताततै उज्यालो नै थियो । बाहिर यदा–कदा स्याल कराईरहेको आवाज अनि कुकुर भुकेको आवाज कोठा सम्मा आउथ्यो । सिर–सिर बतास चलिरहेको थियो ।


                                                                                 ADVERTISEMENT



म कलेज जोडिएको धेरै भएको थिएन् । विहान कलेज जाने अनि आउने यसरी नै वितिरहेको थियो, जिन्दगी काठमाडौ शहरमा । एक दिन कलेजमा नयाँ विधार्थी स्वागत र परिचयात्मक कार्यक्रम थियो क्यारे । त्यही दिन सवितासँग परिचय हुन पुग्यो । उनको घर गोरखा हामीसगै पढथ्यौ । सविता राम्री नै थिएन । हाम्रो भेट सधै कलेजमै हुन्थ्यो । अनि, कहिलेकाही बाहिर पनि यसरी नै वित्दै थिए दिनहरु,

हामीहरु एक अर्कालाई नदेख्दा कस्तो–कस्तो हुन थालि सकेको थियो । कता–कता मायाको टुसा पलाए झै आवास हुन्थ्यो । असोजको महिना थियो । असोजको अन्तमा दशै हुनाले सुरुदेखि नै रमझम सुरु भईसकेको थियो । असोजको २१ गते एक महिना लामो कलेज छुट्टी भयो । हामीले आ–आफनो घर फर्कने निधो ग¥यौं । उनी अन्य दिन भन्दा अलि भावुक थिइन् ।

हामी बसपार्क पुग्यौ । दशै हुनाले अगाडी नै टिकट बुकिङ गरेकोले टिकट पाउन सहज नै भयो । उनको टिकट १० बजेको थियो । भने मेरो १२ बजेको । पटक–पटक दुबैको आखा रसाउथे । आफुलाई समाल्दै सविता बसमा बसिन् । बस खलासीले गोरखा–गोरखा भन्दै थिए । सविता पर सम्म पुग्दा पनि विदाईका हातहरु हल्लाई रहेकी थिइन् । उनी त्यही शहरमा ओझेल परिन । मेरो बस छुटन दुई घण्टा बाँकी थियो । मलाई छट्पटी भइरहेको थियो । बस स्टेशनमै बसिरहे ।

१२ बज्दै थियो । रुकुम जाने बस पनि आएछ । म बसमा बसे । सवितालाई फोन गरे । उनले जाममा परेको कुरा गरिन । म बसमा बसेको कुरा गरे । बस रुकुमको लागि हिड्यो । बस एक सुरमा हिडिरहेको थियो । दशै तिहारका गीतहरु बजिरहेका थिए । मलाई भने कस्तो खल्लो मसशुस भइरहेको थियो । सविता साझ घर पुगेर फोन गरिन । स–कुशल पुगेको खबर पनि सुनाइन् । म अहिले बुटवल पुग्दै छु भोलि विहान मात्र पुग्ने खबर मैले पनि सुनाए । अनलाइनमै कुरा गरौ भनेर उनले फोन राखिन ।

हाम्रो अनलाइनमै कुरा भयो । साढे १० मा आज अलि टाउको दुखेको छ, म सुत्छु भोलि कुरा गरौला भनेर सविता अनलाइनबाट बिदा भइन । यता मेरो भने एक सुरमा बस हिडिरहेको थियो । बुटवल पुगेर बस रोकियो । खाना खुवाउदो रहेछ । खाना, खाना मन लागेन मलाई । पानी लिएर आए । केहिबेरमा फेरि यात्रा सुरु भयो । उकाली–ओराली, डाडा–पाखा चौतारी गर्दै भोलिपल्ट करिब ११ बज्दै गर्दा रुकुम पुग्यो । अनि सवितालाई फोन गरे । म पनि स–कुशल पुगेको खबर सुनाए । उनले घरमा रङ लगाइरहेको कुरा गरिन । मैले पनि धेरै सम्झेको कुरा गरे ।हाम्रो सधै फोनमा कुरा हुन्थ्यो अनि अनलाइनमा पनि ।

दशैको दिन उनले आफनो अनि अमाको फोटो फेसबुकमा पोष्ट गरिन । एउटा आफनो अनि अर्को आफनो अनि आमासगै बसेको फोटो । अन्य दिन भन्दा झनै राम्री देखिएकी थिएन । उनका आखाँमा गाजलु,मन्ध मुस्कान अनि निधारमा रातो टिका साचिकै राम्री थिएन उनी । मैले ‘ह्याप्पी दशै’ भनेर कमेन्ट गरि दिए । हुन त हाम्रो फोन अनि अनलाइनमा कुराकानी भएकै थियो ।

एक दिन साँझ उनले ‘यदि म मरे भने हजुर के गर्नु हुन्छ ?’ भनेर सोधिन् । कस्तो कुरा गरेको यस्तो पनि गर्ने कुरा हो, भनेर मैले भने । उनले भन्दै गइन् ‘मेरो विवाह आमाले अन्तै गरी दिने निधो गर्नु भएको रहेछ । म आमालाई असाध्यै माया गर्छु,मैले आमाको कुरा मानिन् भने म आमाको लागि सधै मरे सरह हुनेछु । बुवाले सानैमा छोडेर जानु भयो । म आमालाई गुमाउन सक्दिन । आमाको खुशी नै मेरो खुशी हो,मलाई माफ गर्नुहोस’ भन्दै उनी त रुन थालिन् । त्यसपछि म छाँगाबाट खसे जस्तो भएँ । केही बोल्नै सकिन् ।

उनले रुवाईसगै वेला वेलामा सम्झिएर फोन गर्छु उठाउनु है भन्दै थिइन । त्यतिकैमा पछाडिबाट आमा बोले जस्तो आवाज आयो । ए छोरी अहिले सम्म के गर्दै छौ ? किन नसुतेकी भन्दै सविताकै कोठामा पसे जस्तो लाग्यो । सविताले फोन राखेकी थिइनन् ।

सविताले रुदै सबै आमालाई बताइन् । आमा पनि रोए जस्तो लाग्यो । आमा भन्दै हुनु हुन्थ्यो छोरी मेरो खुशी भन्नु नै तिम्रो खुशी हो । तिमी हासे म पनि हास्छु । तिम्रो बाउले त हामीलाई छोडेर गए म तिमीलाई गुमाउन सक्दिन छोरी । म तिमीले चाहेकै मान्छेसग विवाह गरी दिन्छु । ल अब सुत रात छिप्पि सक्यो भनेर आमा गए जस्तो लाग्यो । मैले हलो–हलो भन्दै थिएँ । सविताले फोन हेरे जस्तो लाग्यो । लौ हजुरले सबै सुनेको? मैले सबै सुनि सके भनीदिए । केही बेरको कुराकानी पछि सवितालाई सुत्न आग्रह गरे, अनि फोन राख्यौ । म पनि सुते ।

(लेखक रुकुमपश्चिम चौरजहारी नगरपालिका वडा नं. ६ खागल निवासी हुन् ।)

प्रतिकृया

प्रतिकृया