दिप्तीशिखा चौधरी, दंगीशरण
२६-बैशाख / दंगीशरण गाउँपालिका स्तरीय शिक्षा शाखाले आधारभुत तह कक्षा ८ को परीक्षाफल शुक्रबार प्रकाशित गरेको छ । शुक्रबार बसेको परीक्षा समितिको बैठकले परीक्षफल प्रकाशित गर्ने निर्णय गरे अनुशार परीक्षाफल प्रकाशित गरिएको दंगीशरण गाउँपालिका शिक्षा शाखा प्रमुख बिनोद अधिकारीले जानकारी दिए ।
ADVERTISEMENT
परीक्षाफल लेटर ग्रेडिङ्ग प्रणालीमा रहेको र ष्झष्क।नयख।लउ मा गई विद्यालयले आफनो विद्यालयको प्रोफाइल लगइन गरि रिपोर्टमा गई (iemis.gov.np) मा गएर हेर्न सक्नेछन् ।
त्यस्तै हाल जस्ताको तस्तै नतिजा अपलोड गरिएकाले कुनै विद्यार्थीको ब्यक्तिगत विवरण फरक पर्न गएमा दंगीशरण गाउँपालिकाको शिक्षा शाखामा सम्पर्क गर्न सकिने पनि परीक्षा संञ्चालन समितिका सदस्य सचिव सीताराम भण्डारीले जानकारी दिए । थप जानकारीका लागी लकडाउन अवधि सकिए पश्चात शिक्षा शाखामा सम्पर्क गर्न समेत सकिने छ ।
गत फाल्गुन २८ गते देखि चैत्र ५ गते सम्म लिईएको परीक्षामा सामुदायीक तर्फका २ सय ४२ जना र सस्ंथागत तर्फका १ सय ११ जना विधार्थीले परीक्षा दिएका थिए । दंगीशरण गाउँपालिका भित्रका ७ वटा सामुदायीक तथा ६ वटा सस्ंथागत गरी जम्मा १३ वटा विद्यालयका ३ सय ५३ जना परीक्षार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।