प्रिया स्मृती गजमेर, देउखुरी
८-जेठ /  देउखुरीको एक निजि स्वास्थ्य क्लिनिकले लमहीका ६ जना पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

कोरोना भाइरस विरुद्ध फ्रन्टलाईनमा रहेर समाचार संकलन गरिरहेका लमहीका पत्रकारलाई लमहीमा रहेको बिपि पोलिक्लिनिक तथा मेडिकल हलले मास्क, सिनेटाइजर र ग्लोब्स दिएको हो ।

साथै वडा प्रहरी कार्यालयका ५ जना र लमही अस्पतालका केही स्वास्थ्यकर्मीलाई पनि स्वास्थ्य सामाग्री दिईएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सन्चारकर्मी बिपदका बेला सधै फ्रन्ट लाईनमा रहेर काम गर्ने भएकोले उनिहरुको स्वास्थ्य सुरक्षाका लागि प्रदान गरेको मेडिकल सन्चालक पौडेलले बताए।

कोरोना भाइरस सम्बन्धि सत्य तथ्य समाचार संकलन गरेर जनतालाई सुसुचित गराउन अहोरात्र खटिरहेका पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह, रेडियो हाइवेका प्रबन्ध निर्देशक केपी घिमिरे, गोरखापत्र राष्ट्रिय दैनिकका दिवाकर पोख्रेल, नयाँ युगबोध राष्ट्रिय दैनिकका दशरथ घिमिरे, लमही नगरपालिकाका प्रेस संयोजक शिबु खनाल र तुलसीपत्र राष्ट्रिय दैनिकका प्रिया स्मृती गजमेरलाई मेडिकल सन्चालक बिपि पौडेलले हस्तान्तरण गरेका हुन ।

प्रतिकृया

प्रतिकृया