तुलसीपुर
१० जेठ/ दाङ स्थित राप्ती आयुर्वेद चिकित्सालयलाई नमूना बनाईने भएको छ । प्रदेशप्रमुख धर्मनाथ यादवले शनिबार आगामी बर्ष २०७७/०७८ कालागि प्रदेश नं. ५ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दैे यस्तो बताए ।

उनले लुम्बिनी र राप्ती आयुर्वेद चिकित्सालयहरुलाई नमुना चिकित्सालयको रुपमा विकास गर्दै आयुर्वेदिक अस्पतालहरुलाई प्रदेशको लागि आवश्यक आयुर्वेद औषधी उत्पादन केन्द्रको रुपमा विकास गरिने बताए ।

साथै आयूर्वेद तथा प्रदेशमा प्रचलित अन्य परम्परागत, होमियोप्याथिक, प्राकृतिक चिकित्सा, योगलगायत बैकल्पिक चिकित्सा पद्धतिहरुको आधारभूत, बिशेषज्ञ तथा बिशिष्टिकृत स्वास्थ्य सेवा प्रभावकारी रुपमा उपलब्ध गराइने उनले बताए ।

प्रतिकृया

प्रतिकृया