सल्यान
२६ जेठ / सल्यानमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया महिलाले ३८ वर्षीय डिल्लीबहादुर घर्तीको हत्या गरेकी हुन् ।

आइतबार राति साढे ८ बजे घरमा काठ चिर्ने फलाम प्रहारबाट गम्भीर घाइते भएका घर्तीको सल्यान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।

हत्या आरोपित श्रीमतीलाई पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुहाममा राखिएको छ । मृतक घर्तीको शवको पोष्टमार्टम सोमबार हुने प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया