प्रिया स्मृती गजमेर, देउखुरी
१२-असार /  लमही नगरपालिका अन्र्तगत व्यवसायिक रुपमा पशुपालक गर्ने कृषकलाई आहाराको रुपमा घाँसको बेर्ना लमही नगरपालिकाले निशुल्क वितरण गरेको छ ।

शुक्रवार नगरपालिकाले सुपरनेपियर, भटमासे, बकैना र सिडसेल (किम्बु) गरि उन्नत जातको पोषिलो घाँसको बेर्ना वितरण गरेको लमही नगरपालिका पशुसेवा उपशाखा प्रमुख शिवराज न्यौपानेले जानकारी दिए ।

पशुपालक कृषकलाई व्यवसायिक तरिकाले पशुपालन व्यवसाय संचालन गर्नको निम्ती उन्नत जातको घाँको बेर्ना वितरण गरेको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले बताए । ‘कृषकहरुलाई उत्प्रेणा जगाउने, आफ्नो व्यवसायमा सपोट हुने काम गर्नको निम्ती, त्यस मध्य एउटा काम घाँस वितरण काम हो । अन्न उत्पादन गर्ने बारीमा पनि अव घाँस खेती गरेर हाम्रो पशु व्यवसायलाई प्रर्वद्धन गर्ने र विकास गर्न तर्फ लाग्नु पर्छ, नगरपालिकाले पनि कृषकलाई सपोट गर्छ ।

‘पशुपालन, खासगरि बाख्रको पकेट क्षेत्रको रुपमा रहेको सा.वि.क सतवरीया गा.वि.स. पश्चिम बेल्ट बाख्रोको प्रसस्त सम्भावना भएको हुनाले त्यहाँका कृषकलाई लमही आउन जान दुरी लामो भएको हुनाले रिहारमा पशुशाखा कार्यालय संचालन गरिएको छ । आगामी दिनहरुमा अन्य कार्यक्रमहरु विस्तार गर्न, जनताको जिवन स्तरमा आय स्तर वृद्धि गर्न र जनताको पहुँच पु-याउन सकिन्छ भन्ने विषमा हाम्रो ध्यान गएको छ ।’

नगरपालिकाले निती मार्फत पनि बोलेको छ । प्रोटिनको मात्रा अधिक हुने प्रजातिको घाँसको बेर्ना प्राप्त गरे पछि किसानहरु हर्षित भएका छन् । लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी र लमही नगरपालिकाका प्रवक्ता बिमहादुर केसीले संयुक्तमा कृषकलाई उन्नत जातको घाँसको बेर्ना वितरण गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया