गढवा,
१३-असार  /  गढवा गाउँपालिका वडा नं १ को कुलपानीमा शुक्रवार नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पर्यटकिय स्थल निर्माणको काम सुरु भएको छ ।

शुक्रवार एक कार्यक्रमका विच कुलपानी धार्मिक तथा पर्यटकिय स्थलमा स्टेप तथा पार्क निर्माण कार्यक्रमको गाउँपालिकाका अध्यक्ष तथा प्रबक्ता बाबुराम अधिकारीले काम सुरु गरेका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष यादवले राहातलाई रोजगारीमा जोड्दै बेरोजगार युवाहरुलाई रोजगारको अवसर दिइएको बताए ।

जस अनुसार ३० जना महिला पुरुषहरुले छोटो समयको रोजगारी पाएको रोजगार सेवा केन्द्रका संयोजक अशोक यादवले जानकारी दिए । गाउँपालिकाका बिभिन्न वडाहरुमा बेरोजगारलाई रोजगार दिने उद्देश्यले झण्डै ४ सय ६० जनालाई रोजगारको अवसर प्रदान गरिएको रोजगार सुचना केन्द्र गढवाले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया