गढवा,
१३-असार /  नेकपा बिप्लब समूहका दाङ जिल्ला सल्लाहकार गढवा गाउँपालिका वडानं. ४ हडैयाका मानबहादुर बगोटिले शुक्रवार एक प्रेस बिज्ञप्ति जारी गर्दै नेकपा बिप्लब समुह परित्याग गरी आफु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश  गरेको बताए ।

बिप्लब समुहले देश र जनताको हितमा काम नगरेको भन्दै बिकास, समृद्धि र शान्तीको मार्गदर्शन समातेको नेकपा मा आफु प्रबेश गरेको बिज्ञप्ति मार्फत घोषणा गरेका थिए ।

यसैविच शुक्रवार नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका सदस्य तथा गढवा गाउँपालिकाका इन्चार्ज यमनारायण पोखे्ल बिश्वास लगायतका पार्टी कार्यकर्ताहरुको टोलीले बगोटीलाई टिका लगाएर स्वागत गर्दै नेकपामा प्रवेश  गराएका हुन् ।

प्रतिकृया

प्रतिकृया