तुलसीपुर
१५ असार / दाङ तुलसीपुरका तीन क्वारेन्टिन खाली भएका छन् । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य पबद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीका अनुसार रक्षाचौर, वालापुर र खौसापुर क्वारेन्टिन खाली भएका हुन् ।

अहिले माबि सेन्टर, अमर मावि, माबि कालाखोला, अमर मावि उरहरी, पवननगर, अस्वारा, विजौरीमा क्वारेन्टिनमा भने मान्छेहरु रहेका छन् । अहिले तुलसीपुरमा २ सय ८ को स्वाब रिपोर्ट आउन बाँकी छ । सोमबार तुलसीपुुरबाट एकसय ८२ जनालाई क्वारेन्टिनबाट डिस्चार्ज गरिएको छ ।

प्रतिकृया

प्रतिकृया