बर्दिया
१५ असार / शनिबारदेखि नेपाल प्रवेश गरेको सलह कीरा बर्दिया पुगेको छ । बर्दियाको गेरुवा गाउँपालिका वडा नं. १ बगैपुरको धान खेतमा सलह देखिएको हो ।

प्रदेश २ का सर्लाही, बारा र पर्सा, प्रदेश ५ का रूपन्देही, कपिलवस्तु र पाल्पा, पश्चिम नवलपरासी, अर्घाखाँची र दाङ, गण्डकीका स्याङ्जा, कास्की, पूर्वी नवलपरासी, गोरखा तथा वाग्मती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली, काभ्रे र ललितपुरमा सलह देखिसकेको छ ।

सलह हावासँगै पश्चिमतिर सर्ने विज्ञहरुले अनुमान गरेका छन् । अफ्रिकी देशबाट पाकिस्तान र भारत हुँदै नेपालसम्म पसेको सलह कीरा हावा जता बहन्छ, त्यही दिशातिर उड्ने गर्छ ।

प्रतिकृया

प्रतिकृया