तुलसीपुर
१५ असार / दाङको तुलसीपुरमा मोटरसाइकल र अटो एक आपसमा ठोकिदा दुई जना घाईते भएका छन् । तुलसीपुरको सल्यानरोड अन्र्तगत गोदाम घर नजिकै सोमवार दिउँसो दुई बजेतिर तुलसीपुरबाट रक्षाचौर तर्फ जादै गरेको म १ प ४२९० नम्वरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको रा १ ह ४१९० नम्बरको अटो एक आपसमा ठोकिदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परि मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–५ नामिनगर बस्ने वर्ष २१ का सुरेस भुसाल र सोहि ठाउँ बस्ने वर्ष ३५ हिरा सेन रहेका छन् । घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको अस्पतालले जनाएको छ । प्रहरीले अटो र चालकलाई नियन्त्रणमा लिए थप अनुसन्धान भैरहेको जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ ।

प्रतिकृया

प्रतिकृया