सल्यान
१६ असार/ दार्मा गाउँपालिकाले वडा शिल गरेको छ । सोमबारदेखि सबै वडा शिल गरेर सबै कामकाज बन्द गरिएको हो । गाउँपालिकाका केही कर्मचारीहरूको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै गाउँपालिकाले सबै वडाका नियमित काम स्थगित गरेको गाउँपालिकाले जनाएको छ ।

असार ८ गते संकलन गरिएको स्वावको रिपोर्टमा केही कर्मचारीहरको समेत रिपोर्ट पोजेटिभ आएकाले सामाजिक सुरक्षाभत्ता वितरण लगायतका सबै वडाका नियमित कामकाज स्थगित गरिएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए । साथै सोमबार तय गरिएको गाउँसभाको छलफल पनि स्थगित गरिएको छ ।

पिसिआर रिपोर्ट नआउँदासम्म सबै नियमित कामकाज बन्द गरिएको र नाकाहरूमा थप कडाई गरिएको केसीले बताए । मंगलबार गाउँपालिकामा कार्यरत कर्मचारी, छानिएका स्वयम्सेवक, क्वारेन्टाइनमा रहेका व्यक्ति,

कन्ट्याक्ट ट्रेसिङमा देखिएका व्यक्ति र सबै जनप्रतिनिधिहरूको पिसीआरका लागि स्वाव संकलन गरिने उनको बताए । उनले सबै जनसमुदायलाई उच्च सतर्कता र उच्च मनोबलका साथ सामाजिक र शारीरिक दूरी कायम गरी नियमित कामकाज गर्न आग्रहसमेत गरेका छन । यो खबर प्रदेश टुडेमा प्रकाशित छ ।।

प्रतिकृया

प्रतिकृया