तुलसीपुर,
२१-असार /  दाङमा मोटरसाइकलको ठक्करबाट चार बर्षीया बालिका गम्भीर घाइते भएकी छिन् ।

बबई गाउाँपालिका वडा नं. ६ खिलतपुर स्थित पूर्वबाट पश्चिमतर्फ गईरहेको रा ४ प ७४६४ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने पूर्ण बहादुर वलीको ४ बर्षीया छोरीलाई ठक्कर दिदाँ घाईते भएको प्रहरीले बताएको छ ।

प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका अनुसार उनको कोहलपुरमा उपचार भईरहेको छ । चालकलाई नियन्त्रणमा लिईएको छ । दुर्घटना आईतबार विहान साढे ८ बजेतिर भएको हो ।

प्रतिकृया

प्रतिकृया