शिबराज पन्थी, गढवा
२४-असार /  गढवा ७ पर्साका २८ बर्षिय युवा सचिन अधिकारीले अहिले सम्म २५ औं पटक रक्तदान गरेको बताए । हरेक बर्षमा ३ पटक रक्तदान गर्ने गरेको उनको भनाई छ । “रक्तदान जिवनदान हो, आफ्नो एक पोका रगतले कुनै मर्न लागेको मानिसलाई बचाउनु नै ठूलो धर्म हो” – उनले भने ।

त्यसो त गढवा ४ उठैयाका एकैघरका २ भाई दिपक कुमार शर्मा र धिरज प्रसाद शर्माले पनि रक्तदान गरिरहेका थिए । बुधवार गढवा ४ को लक्कि स्टार युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा सरिक हुनुभएका दिपक शर्माले ७ पटक र धिरज शर्माले छैंठौं पटक रक्तदान गर्न थालेको बताए ।

कसैको जिवन बाँच्छ भने हामीले एकपोका रगत दान गर्नु ठूलो मानवता हुन्छ उहाँहरुले भन्नुभयो । उहाँहरु जस्तै रक्तदान कार्यक्रममा युवाहरु निकै उत्साहका साथ जागरुक भएको देखिन्थ्यो ।

गढवा ४ स्थित लक्कि स्टार युवा क्लब र केसि मेडिकल हलको संयुक्त आयोजना र नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र घोराहीको प्रबिधिक सहयोगमा गढवा ४ उठैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा अधिकांश स्थानीय युवाहरु जागरुक भएका थिए ।

कार्यक्रममा कुल ६८ जना महिला तथा पुरुषहरुले रक्तदान गर्नुभएको क्लबका सचिव कैलाश चौधरीले जानकारी दिए । क्लबका अध्यक्ष कमल खड्काको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा रक्त संचार सेवा केन्द्र दाङका प्रमुख दिलिप न्यौपानेले रक्तदानको महत्वका बारेमा बोलेका थिए । कार्यक्रममा रक्तदाता सबैलाई आयोजक टिमले धन्यवाद दिएको छ ।

नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र घोराहीका प्रमुख दिलीप न्यौपाने, प्राविधिकहर डाकूर पौडेल,दिलिप चौधरी,भिम बिसी र गुरुप्रसाद आचार्यले रक्तदान कार्यक्रममा प्रविधिक सहयोग गरेका थिए  ।

प्रतिकृया

प्रतिकृया