प्रिया स्मृती गजमेर, देउखुरी
२४-असार  /  डिभिजन वन कार्यालय देउखुरीले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति बारे आज बुधवार लमहीमा एक कार्यक्रमको आयोजना गरेर जानकारी दिएको छ । यस आर्थिक बर्षमा वनले आर्थिक प्रगती तर्फ ७६ प्रतिशत र भौतिक ८५ प्रतिशत भन्दा बढी कार्यक्रम सम्पन्न भएको डिभिजन वन कार्यालय जनाएको छ।

कार्यालयले देउखुरी क्षेत्रमा वर्ष भरी गरेको कामकारबाहीका बारेमा जानकारी दिएको हो । कार्यक्रममा जिल्ला वन समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीले वातावरणलाई कसरी संरक्षण गर्न सकिन्छ, त्यस तर्फ केन्द्रीत् हुन आवश्यक रहेको बताउँदै, वातावरण संरक्षणमा जुट्न सबैलाई आग्रह गरेका छन् ।

डिभिजन वन कार्यालय दाङ, देउखुरी अन्तरगत भएका विकास निर्माणका कामहरु, वन संरक्षण तथा वन विकासका कार्यक्रमहरु सन्र्दभमा पर्यटन सम्बन्धी भौतिक पूर्वाधारका निर्माणका कामहरु गत वर्षभन्दा यस चालु आर्थिक वर्षको काम धेरै राम्रो र प्रगती भएको प्रदेश सांसद इन्द्रजित थारुले बताए । लकडाउनको समयमा पनि अन्य छिमेकी जिल्लाहरु भन्दा दाङ जिल्लामा सबैभन्दा बढि थप विकास निर्माणको काम भएको सांसद थारुको भनाइ छ ।

आगामी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति र वन क्षेत्रको संरक्षण एवं संवर्द्धन गर्दै, सुन्दर भविष्य सुनिश्चित गर्न सबै एकजुट हुन आवश्यक रहेको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले बताए । त्यस्तै राप्ती र गढवा गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र सहजराज यादवले वन र स्थानीय तह विच समन्वय भएन भने कुनै पनि विकासको काम गर्न नसकिने दाबि गरे ।

सामुदायिक वन पुरस्कृत डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीले तिनवटा सामुदायिक वनलाई नगद सहित सम्मान गरेको छ ।

आर्थिक वर्ष ०७६/०७७ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय तर्फको स्वीकृत वार्षिक कार्यक्रम अनुसार उत्कृष्ट सामुदायिक वन उपभोक्त समिति पुरस्कार वितरण कार्यक्रम अन्तरगत वनको संरक्षण तथा व्यवस्थापन कार्यक्रममा शिवशक्ति बाख्रा विकास सामुदायिक वन उचानिम्बुलाई नगद ७ हजार, प्रगति सामुदायिक वन उपभोक्त समिति गढवालाई ५ हजार र त्रिशक्ति सामुदायिक वन उपभोक्त समिति राजपुरलाई नगद ३ हजार पुरस्कार सहित सम्मान गरिएको थियो । बुधबार डिभिजन वन कार्यालय देउखुरीले आयोजना गरेको जिल्ला वन क्षेत्र समन्वय समितिको बैठकमा डिभिजनल वन प्रमुख प्रबीण विडारीले प्रस्तुत गरेका हुन् ।

प्रतिकृया

प्रतिकृया