दाङ,
२५-असार /  दाङको घोराहीमा रहेको बुद्ध हस्पीटलले पाठेघरमा क्यान्सर भए नभएको पत्ता लगाउने कल्पोस्कोपी सेवा सञ्चालनमा ल्याएको छ ।

पश्चिम नेपालमै पहिलो पटक क्यान्सर पत्ता लगाउने सेवा सुचारु गर्दै अस्पतालले महिलाहरुलाई क्यान्सरको शंका लागेमा जिल्ला बाहिर जानु नपर्ने अस्पतालले जनाएको छ ।

पाठेघरको मुखमा दुरबीन बिधिबाट जाँच गर्ने बिधिलाई कल्पोस्कोपी सेवा भनिन्छ । कल्पोस्कोपी सेवाका बारेमा जानकारी दिदै महिला तथा प्रसुती रोग बिशेषज्ञ डा. बिमला तिवारीले महिलाको पाठेघरको अबस्था, क्यान्सरको संका लागेमा मासुको टुक्रा निकालेर परिक्षण समेत गर्न सकिने बताए ।

अस्पतालले साउनको १ गतेदेखी कल्पोस्कोपी सेवा सुरुगर्ने तयारी गरेको अस्पतालका सिईओ बालाराम शर्माले जानकारी दिए । यो सेवा सुरुभएपछि पाठेघरका बिरामीहरुलाई क्यान्सरको परिक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता टरेको अस्पतालले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया