तुलसीपुर
२६ असार / दाङको तुलसीपुरमा भारतीय मिडिया विरुद्ध तुलसीपुरमा विरोध जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा वली र चिनिया राजदुतको विषयमा भारतीय मिडियामा प्रयोग गरेको आपत्तिजनक शब्दप्रति विरोध जनाउँदै तुलसीपुर स्थित मदन आश्रित चोकमा विद्यार्थीहरुले विरोध जनाएका हुन् ।

त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । भारतीय मिडियाको अनर्गल प्रचारले नेपालको एकतालाई खल्बल्याउने बक्ताहरुले बताएका थिए । यस बिषयमा लिएर नेपालमा बिभिन्न स्थानमा विरोध प्रर्दशन भएको छ । नेपालमा भारतीय च्यानल समेत बन्द गरिएको छ ।

प्रतिकृया

प्रतिकृया