बाँके
३० असार / घरेलु तथा साना उद्योग कार्यालय बाँकेका उद्योग अधिकृत हुकुमबहादुर वली घुस रकमसहित पक्राउ परेका छन् । वलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मङ्गलबार पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले वलीलाई ९६ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको बताए । वलीले निर्माण व्यवसायीको लाइसेन्सबापत घुस रकम माग गरेको अख्तियारको टोलीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया