काठमाण्डौँ
१ साउन / इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको दोस्रो टेष्ट आज (बिहीबार) बाट सुरु हुँदैछ । घरेलु टोली इंग्ल्यान्डले वेष्ट इन्डिजसँगको दोस्रो टेष्ट म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा खेल्ने भएको हो । पहिलो टेष्टमा ४ विकेटले पराजित भएको इंग्ल्यान्डको टोली पहिलो जितको खोजिमा हुनेछ । तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको वेष्ट इन्डिज भने उच्च मनोबलका साथ मैदानमा उत्रिने भएको छ ।

सिरिज जोगाउन समेत इंग्ल्यान्डलाई दोस्रो टेष्टमा जित्नुपर्ने दवाब छ । दोस्रो टेष्टमा नियमित कप्तान जोय रुट टिममा रहेका छन् । घरायसी कामको कारण उनले पहिलो टेष्ट गुमाएका थिए । रुटको अनुपस्थितिमा बेन स्टोक्सले इंग्ल्यान्डको कप्तानी गरेका थिए ।

वेष्ट इन्डिज भने दोस्रो टेष्ट जित्दै सिरिज आफ्नो बनाउन चाहन्छ । यी दुई टोली बीचको खेल ३ः४५ बजेबाट सुरु हुनेछ । यस्तै दोस्रो टेष्टमा जोइ डेन्ली, मार्क वुड र जेम्स एण्डरसन टिममा हुने छैनन् । साम करण र अनक्याप्ट खेलाडी ओली रोबिनसनले टिममा स्थान बनाएका छन् ।

प्रतिकृया

प्रतिकृया