रुकुम पश्चिम
११ साउन / रुकुम पश्चिममा पेस्तोल पड्किदा एक जना हवल्दार घाइते भएका छन् । मुसीकोट नगरपालिका–१ मठस्थित सशस्त्र प्रहरीको ४७ नम्बर गुल्ममा कार्यरत कोहलपुर नगरपालिका बाँके घर भएका ३७ वर्षीय हवल्दार यामबहादुर खड्का घाइते भएका हुन् ।

आइतबार दिउँसो हातहतियार सफाइका क्रममा पेस्तोल पड्किएपछि खड्काको घुँडा भन्दा माथिको भागमा गोली लागेको छ । घाइते खड्कालाई जिल्ला अस्पताल सल्लेमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए ।

सशस्त्र प्रहरीले हरेक हप्ता हातहतियार सरसफाई गर्ने गरेको बताइएको छ ।

प्रतिकृया

प्रतिकृया