सल्यान,
१५ साउन/ गत आर्थिक वर्ष ०७६ /०७७ मा जिल्ला अदालत सल्यानले ५८ प्रतिशत मुद्दा फच्यौट गरेको छ । अदालतमा दर्ता भएका ३ सय ८४ मुद्धामध्ये २ सय २४ वटा मुद्धा अर्थात ५८ दशमलव ३३ प्रतिशत फच्यौट गरेको हो ।

अदालतले १ सय ६० मुद्धा चालु आर्थिक वर्षमा सरी आएको बताएको छ । आर्थिक वर्ष ०७५/०७६ मा ८५ मुद्धा सरी आएकोमा ७३ वटा फच्यौटमा रहेको र १२ मुद्धा बाँकी रहेको जानकारी गराएको छ । अदालतले सबै भन्दा धेरै देवानी तर्फ २ सय १६ मुद्धामा १ सय ३८ मुद्धा फच्यौट गरेको अदालतका श्रस्तेदार हेमन्त ज्ञवालीले बताए ।

यस्तै फौजदारी तर्फ १ सय ६८ वटा मुद्धामा ८६ वटा मात्र मुद्धा फच्यौट गर्न सफल भएको उनको भनाई छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण मुद्धा फैसला हुने तर मुद्धा बढी आउँदा उपलब्धि कम देखिएको उनले बताए ।

६० प्रतिशत मुद्धा फच्यौट गर्ने लक्ष्य रहेकोमा कोरोना भाइरसका कारण फैसला हुन नसक्ने र मुद्धा दर्ताहुने क्रम बढ्दा लक्ष्यमा पुग्न नसके पनि ५८ प्रतिशत फच्यौट गर्न सफल भएको श्रस्तेदार ज्ञवालीले बताए ।

चालु आर्थिक वर्षमा ३ सय ७४ मुद्धा पर्ने सम्भावना रहेको बताउँदै गत आर्थिक वर्षमा सरी आएका र नयाँ मुद्धा गरी जम्मा ५ सय ३४ मुद्धा पर्ने आकलन गरिएको ज्ञवालीको भनाई छ । जम्मा मद्धाको ६५ प्रतिशत अर्थात्द्ध ३ सय ७४ मुद्धा फच्यौट हुने उनले बताए ।

प्रतिकृया

प्रतिकृया