प्रिया स्मृती गजमेर, लमही
१६-साउन /  राष्ट्रिय वनमा सालको रुख काटेको आरोपमा देउखुरीमा एक जना पक्राउ परेका छन । राजपुर गाउँपालिका वडा नं. १ गुरुङखोला निवासी ३१ बर्षीय दर्जन रोका मगरलाई अनुमतिविना राष्ट्रिय बनमा सालको रुख काटी गोलिया बनाएको भन्दै पक्राउ गरिएको हो ।

८७.८० क्यूफिट काठ सहित उनलाई घटनास्थलबाटै पक्राउ गरिएको सब डिभिजन वन कार्यालय बेलाका सहायक वन अधिकृत टेकन आचार्यले बताए । पक्राउ परेका रोकालाई म्याद थप गरि अनुशन्धान शुरु गरिएको डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत लालबाबु यादवले जानकारी दिए ।

पछिल्लो समय डिभिजन वन कार्यालय देउखुरीले चोरि तस्करी कार्यलाई कडाईका साथ निगरानी गर्दै आएको छ ।

प्रतिकृया

प्रतिकृया