काठमाडौं
१६ साउन / सुनको मूल्य आज पनि बढेको छ । आज (शुक्रबार) बिहीबारको तुलनामा प्रतितोला ३ सयले बढेर ९९ हजार ३ सय रुपैयाँ पुगेको हो । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

दैनिक कीर्तिमान राख्ने क्रममा सुनको मूल्य एक लाख रुपैयाँनजिक पुगेको छ । यसैगरी तेजाबी सुन पनि महँगिएर प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य भने घटेको छ । बिहीबार स्थिर रहेको चाँदी शुक्रबार प्रतितोला २५ रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँ तय भएको छ ।

प्रतिकृया

प्रतिकृया